असोज २६,हेटौंडा ।मकवानपुर प्रहरीले खैरो हिरोईनसहित एकजनालाइ पक्राउ गरेको छ । प्रहरीले शुक्रबार १८ ग्राम खैरो हिरोईनसहित बाराको प्रसौनी ५ का ४१ वर्षिय रमेश महतोलाई पक्राउ गरेको हो । प्रहरीले महतोलाई हेटौंडा ५स्थित रातोमाटे चेकपोष्टबाट पक्राउ गरेको हो । पक्राउ परेका महतोमाथी थप अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ ।



