असोज २७,निजगढ ।बाराको निजगढ नगरपालिका वडा नं ३ सिँगौलमा छोराले आफ्नै आमालाई करणी प्रयास गरेको घटना बाहिरिएको छ।शुक्रवार राती आफ्नै ३६ वर्षिय छोराले करणी प्रयास गरेको भन्दै ५६ वर्षिया आमाले ईलाका प्रहरी कार्यालय निजगढमा किटानी जाहेरी दिएपछी घटना बाहिरिएको हो।मकवानपुरको फापरवारिमा आफ्नो बुवासँग बस्दै आएका गोबिन्द (परिवर्तित नाम)शुक्रवार आफ्नि आमा लक्ष्मिको (परिवर्तित नाम)घर आएका थिए।लक्ष्मि पहिलो श्रीमान छोडी दोश्रो बिहे गरी निजगढ ३स्थित सिँगौलमा बस्दै आएकी थिईन्। ‘हामी आमाछोरा राती एउटै कोठामा सुतेका हौँ, आमाछोरा एउटै कोठामा सुत्न असहज हुने कुरो पनि भएन,बाहिर सर्पको डर हुन्छ भित्र कोठामै सुत भनेर मैले नै भनेको हुँ ,तर राती अचानक म माथी करणीको प्रयास गर्यो,नमानेमा मार्नेसमेतको धम्की दियो’।पिडित लक्ष्मिको भनाई उधृत गर्दै ईलाका प्रहरी कार्यालयका निरीक्षक घनश्याम श्रेष्ठले भने।

आमाले प्रतिकार गरेर कोठाबाहिर निस्केर हल्लाखल्ला गरेपछी छोरा राती चप्पलसमेत छोडेर फरार भएका थिए। फरार छोराको   खोजिकार्य भैरहेको निरीक्षक श्रेष्ठले बताए।फरार अभियुक्तमाथी जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी दुईवटा मुद्दा  आकर्षित हुने निरीक्षक श्रेष्ठले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय