असोज २९,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बागमती गाउँपालिका वडा नं ९ बेतिनी बस्ने ४७ बर्षीय जिवनबहादुर तुमसिङ्गले आफ्नै दाजु ४८ बर्षीय अशोक तुमसिङ्गलाई खुकुरी प्रहार गरी घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
खुकुरी प्रहारबाट अशोकको घाँटी र दाहिने हातमा चोट लागेको छ ।उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने जिवन फरार रहेका छन् । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय