कार्तिक ५,गोरखा। आइतबार बिहान धादिङको खरी केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट गोरखामा एक महिला घाइते भएकी छन् । घाईते हुनेमा गोरखा नगरपालिका ३ नारेश्वर भोगटेनीकी ३० वर्षीया सरस्वती थापा छन् । पूजाको भाँडा माझ्दै गर्दा भूकम्प आउँदा अत्तालिएर दुई तले घरको छतबाट हाम फाल्दा उनी घाइते भएकी हुन् । उनको ढाड र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते थापालाई गोरखा अस्पतालमा सामान्य उपचार पछि चितवनको पुरानो मेडिकल कलेज लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय