कार्तिक ५,हेटौंडा । मकवापनुरको हेटौंडा अस्पतालभित्र सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ । अस्पतालको गाईनो वार्ड नजिकै महिला शौचालयमा रहेको फोहोर फाल्ने डस्टबिनमा शनिवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए । मृत नवजात शिशु छोरी रहेको उनले बताए ।
मृत शिशु कसले फालेको भन्ने हालसम्म पहिचान हुन सकेको छैन । मृत शिशु हेर्दा तत्काल जन्माइ सालनाल सहित डस्टबिनमा फालेको अवस्थामा रहेको प्रवक्ता भण्डारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको पनी प्रवक्ता भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय