कार्तिक २०,हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । गत शकवार राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु बनाई गएको विनाशकारी भूकम्पबाट प्रभावित नागरिकको सहयोगार्थ ५ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए । एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारीहरुका तर्फबाट उक्त रकम सरकारको राहतकोषमा जम्मा गर्ने निर्णय भएको उनले बताए । बागमती प्रदेश सभामा एमालेका २७ जना प्रदेश सांसदहरु रहेका छन् ।



