कात्तिक २३, निजगढ। सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल निर्माणका विषयमा सुझाव दिन गठित विज्ञ समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार यो प्रतिवेदन कार्यान्वयका लागि मन्त्रिपरिषदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषदको निर्णयबारे मन्त्री शर्माले निजगढ विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय भएको बताईन्।
सर्वोच्च अदालतले वातावरणीय क्षति नहुने गरी निजगढमा विमानस्थल निर्माणका लागि विज्ञहरुबाट अध्ययन गराउन दिएको आदेशपछि सरकारले गठन गरेको विज्ञ समितिले कम वातावरणीय क्षतिमा विमानस्थल बनाउन सकिने गरी प्रतिवेदन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय