कार्तिक २३,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउसी भैलोलगायतका साँस्कृतिक, मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न आग्रह गरेको हो । यसैगरी, प्रशासनले देउसी–भैलो लगायतका साँस्कृतिक कार्यक्रम गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउ पनि आग्रह गरेको छ ।
साथै,प्रशासनले पटका, आतिसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवम् बिक्री वितरण नगर्न पनि आग्रह गरेको छ ।त्यस्तै
जुवातास खेल्ने÷खेलाउने जस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हो–हल्ला तथा झै–झगडा नगर्न पनि प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



