कार्तिक २७,हेटौँडा । मकवानपुरको हेटौंडामा मोटरसाइकल दुर्घटनामा परि एक युवाको मृत्यु भएको छ । गएराति करीब १०ः५० बजेको समयमा हेटौंडा बजारबाट नवलपुर तर्फ जाँदै गरको ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल थानाभर्याङमा अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकलमा सवार ३ जना मध्ये एक जनाको मृत्यु भएको र अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा– ४ कमलडाडा बस्ने वर्ष २२ का महेन थापा मगर रहेको प्रवक्ता भण्डारीले बताए । थापाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।
मोटरसाइकलको बिचमा सवार हेटौंडा–२ संगमचोक बस्ने वर्ष १८ की बेबिसा खड्गी र पछाडी सवार हेटौंडा–५ गर्दोइ बस्ने वर्ष १९ की बिनिता थापा घाइते भएका छन् । घाइते मध्ये खड्गीलाई थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ भने घाइते बिनिता थापाको हेटौंडा अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय