कार्तिक २७,हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.५ मा शुक्रबार अटो दुर्घटना हुँदा गम्भीर घाइते भएका लक्ष्मण स्याङ्तानको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार राती पौने १२ बजे तिर हेटौंडा बजारबाट घरमा गएर ना१ह ३५४४ न.को अटो पार्किङ गर्ने क्रममा ब्याक गर्न खोज्दा दुर्घटना भएको हो । अटो करिब ६० मिटर तल केराबारीमा खसेको प्रहरीले जनाएको छ । अटोसंगै खसेका खैरहनी लखनटोल बस्ने वर्ष ३३ का स्याङ्तानको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारकै क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ।



