कार्तिक २७,हेटौंडा। बर्दियाको गुलरिया नगरपालिका – ५ स्थित सन्तोषी–सुहेलवा सडकखण्डमा दुई युवाबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ। झगडाका क्रममा घाइते भएका गुलरिया नगरपालिका –६ निवासी २३ वर्षीय बरुण घिमिरेको मृत्यु भएको हो।
गएराती साढे १२ बजेतिर पुरानो विवादलाई लिएर झगडा उत्पन्न भएपछि मारपिटका क्रममा घिमिरे गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए । बरुणले कुटेको पुरानो झगडाको बदलामा पुनःविवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै पक्षले मादकपदार्थ सेवन गरेको पाइएको उपरीक्षक शाहीले बताए । फरार रहेका युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।



