कार्तिक २८,जनकपुरधाम । जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको रेलले किच्दा एक जना भारतीय नागरीकको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिकास्थित बैदेही स्टेसन नजिक एक पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृत्यु हुनेमा भारत बिहार मधुवनी जिल्ला बेल्हीको अन्दाजी वर्ष ५५ का विन्देश्वर दास रहेको धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए । बिहान ८ः ४० बजे जनकपुरधामबाट जयनगरको लागि छुटेको रेलले किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिक पार गर्न खोज्दा रेलले किचेर दासको शरीर दुई टुक्रा भएको छ ।



