मंसिर २,हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ । रास्वपाले निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यक्रमका क्रममा जनताका सुझाव र गुनासा सुन्ने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार, प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् भने समानुपातिक तर्फका उम्मेदवार आफ्नो जिल्ला केन्द्रित भएर कार्यक्रमको आयोजना गर्नेछन् ।



