मंसिर ४, तिलोत्तमा। रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कांग्रेस नेता एवं सहकारी अभियान्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको हो ।
बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख ८१६१ नम्बरको ट्रकले ड्राइभरटोलमा ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
देवकोटा र क्षेत्री लु ४९ प २२३० नम्वरको मोटरसाइकलमा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय