मंसिर ५,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक आमाको मृत्यु भएको छ । गत कार्तिक २७ गते वडा नम्बर–५ स्थित डिल्लिपुरमा घरायसी विवादमा स्थानीय डिलबहादुर चेपाङकीे कान्छी श्रीमती ५० वर्षीया सन्तमाया चेपाङलाई सौतेनी छोरा २६ वर्षीय ईन्द्रबहादुर चेपाङले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
घाईते सन्तमायाको चितवन स्थित एक सरकारी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
कुटपिटमा संलग्न ईन्द्रबहादुर प्रहरीको नियन्त्रणमा छन् ।



