मंसिर ७ गुल्मी । गुल्मीमा सुन्तला अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ ।जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको सुन्तला खाँदा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।आज दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पुर्याइएको थियो ।अस्पताल ल्याएको एक घण्टापछि बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए।



