मंसिर ८,निजगढ ।राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपाका सभापति रवि लामिछाने आज पहिलोपटक बाराको निजगढ आउँदैछन्।रास्वपा निजगढले आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न सभापति लामिछाने निजगढ आउन लागेका हुन्।
निजगढ सहिद चोकमा अपरान्ह ३ बजे हुने सभामा लामिछानेसहित रास्वपा सांसद मनिष झा,प्रशिक्षण बिभाग प्रमुख अनिल केशरी शाह,मधेश प्रदेश सभापति तपेश्वर यादव,बारा जिल्ला संयोजक चन्दन स्वर्णकार,बारा निर्वाचन क्षेत्र नं १ उपसभापति नेत्रबहादुर कार्की तथा निजगढ नगरसभापति रामहरी खरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
रास्वपाले आम निर्वाचन एक वर्ष पूरा भएको अवसर पारेर मतदातालाई धन्यवादसहित सुझाव संकलनका लागि घरदैलो एवं जनसभा कार्यक्रम गरिरहेको छ।यहि क्रममा रास्वपा आज शुक्रबार देखि विभिन्न कार्यक्रम लिएर मधेस प्रदेश प्रवेश गर्न लागेको निजगढ नगर सभापति रामहरी खरेलले जानकारी दिए।सभापति रवि लामिछानेसहितका नेताहरुले आजै ११ बजे पर्साको वीरगंज र दिउँसो १बजे बाराको सिम्रौनगढमा पनि बृहत जनसभा गर्ने बारा जिल्ला संयोजक चन्दन स्वर्णकारले बताए।



