मंसिर १७, निजगढ ।राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने यतिखेर मलेसियामा छन्।प्रवास नेपाली सम्पर्क बिभाग मलेसियाले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन लामिछाने शनिवार साँझ क्वालालम्पुर हानिएका हुन्।पार्टिले पहिलो औपचारिक विदेश कार्यक्रम मलेसियाबाट सुरु गर्ने निर्णय गरेपछी उनी त्यहाँ पुगेका उनले बताएका छन्।
आईतबार क्वालालम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित सभामा उनको ‘क्रेज’ हेर्न लायक देखिन्थ्यो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा कार्यक्रम स्थलमा लामिछानेको स्वागतमा सयौँ युवाहरुले तँछाडमछाड गरि ‘ रवि दाई,हाई हाई’को जयजयकार गरेको देख्न सकिन्छ।
स्वयं लामिछानेले भने हलमा प्रवेश गर्ने बितिक्कै आफु भावुक बनेको,मन भारी भएको बताउँदै मलेसियामा श्रम गर्दा गर्दै ज्यान गुमाएका मयालालको पार्थिव शरीरलाई सम्झिए।मयालालले लामिछानेको अनुहारको ट्याटु आफ्नो छात्तिमा खोपेका थिए।’वहाँले के आशा र अपेक्षा लिएर आफ्नो अनुहार छात्तिमा कुँदे त्यो मलाई था छैन,तर त्यो दृश्य जब मैले देखेँ त्यो मेरो मुटुमा खोपिएको छ’ उनी भावुक बने।
उनले आफु राजनीतिमा आउनुको एउटा मुख्य कारण नै विदेशमा रहेका नेपाली भएको उल्लेख समेत गरे।
लामिछाने लगायत उनको पार्टी रास्वपाको टिम मंसिर पहिलो साता निर्वाचन सम्पन्न भएको एक वर्षको अवसर पारेर घरदैलो कार्यक्रममा उत्रेको थियो। लगत्तै मंसिर ८ गते देखि रास्वपा टोलि मधेस प्रदेश दौडाहामा निस्कियो।सो क्रममा पनि रवि जहाँ पुग्थे त्यँहा उनलाई सुन्न उलेख्य मात्रामा जनभिड लागेको थियो।उनी मिशन ८४ को नारा लिएर देशको काँचुली फेरि छाड्ने अठोटका साथ राजनीतिक मैदानमा होमिएका छन्।
उनको सचिवालयका अनुसार लामिछाने मंसिर २१ गते कतार जानेछन्।२३ गतेसम्म कतारमा बसेर २४ देखि २८ गतेसम्म बेलायतमा हुने भेटघाट तथा अन्तरक्रियामा सहभागी भै मंसिर २९ गते नेपाल फर्कनेछन्।
लामिछानेको विदेश यात्रामा श्रीमती निकिता पौडेल,पार्टिका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी,सहप्रवक्ता दीपक बोहरा लगायत सहभागी छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय