मंसिर १८,निजगढ। बाराको निजगढ नगरपालिका वडा नं १२ रामथलीका एक किशोरको मोटरसाइकल दूर्घटनामा परि मृत्यु भएको छ।अर्का एकजना घाईते भएका छन्। मृत्यु हुनेमा अन्दाजी वर्ष १७ का रोशन लुङ्गवा छन्।
लुङ्ग्वा निजगढ-१० लालमा लागेको गुम्बा मेला भर्न जानेक्रममा आईतबार राती तामागढी-डम्बरपुर सडकखण्डको बेसिगाउँ नजिकै दूर्घटनामा परेका थिए। उनले चलाएको ना २४ प ४१०७ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भै सडक छेउको पिल्लरमा ठोक्किन पुगेको थियो।
मोटरसाइकलको ठक्करबाट पिल्लर नै उखेलिएको छ भने मोटरसाइकल क्षतिग्रस्त बनेको छ।

मोटरसाइकलको ठक्करबाट उखेलिएको पिल्लर
तिव्र गतिका कारण दूर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
दूर्घटनामा गम्भीर घाईते लुङ्वाको वीरगंजस्थित मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १० बजे मृत्युु भएको बारा प्रहरीले जनाएको छ।मोटरसाइकल पछाडि सवार निजगढ-१३ का कुलमान घलान भने सामान्य घाईते भएका छन्। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

क्षतिग्रस्त मोटरसाइकल



