मंसिर १९,निजगढ ।जिल्ला प्रहरी कार्यालय बाराले अवैध कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।भारतबाट अवैधरुपमा ल्याउँदै गरेको १ लाख ६० हजार रुपैयाँ मुल्य बराबरको १६ कार्टुन अवैध चल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको हो।

जिप्रकाको मोटरसाईकल गस्ती टोलिले मंगलबार बिहान ६ बजे कलैया उपमहानगरपालिका वडा नं २३ स्थित भतौडाबाट बा३६ प ७२७३ नम्बरको मोटरसाइकलमा राखी ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको चल्ला नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय