मंसिर २४,काठमाडौ ।प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री गङ्गा दाहालमाथी गम्भीर आरोप लगाएका छन्।उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वकिय सचिव समेत रहेकी गङ्गालाई ब्यापारीहरु सँग विभिन्न मामलामा रकम असुल्ने गरेको गम्भीर आरोप लगाएका हुन्।आईतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सिंहले समय आएपछी गङ्गाका विरुद्ध प्रमाणसहित जनता र मिडियामा आउने चेतावनीसमेत दिएका छन्।’प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गङ्गा दाहालले कुन-कुन ब्यापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेकी छिन्,त्यो सबै प्रमाण म सँग सुरक्षित छ।समय आएपछी त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु।’ उनले लेखेका छन्।यद्यपि उनले प्रधानमन्त्री पुत्री गङ्गाले को ब्यापारीसँग कुन मामलामा कति रकम असुलेकी हुन् खुलाएका छैनन्।




