मंसिर २४,निजगढ ।नेविसंघ निजगढले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।आईतबार बाराको निजगढस्थित शहिद चोकमा सञ्चालित कार्यक्रममा ६४ जना पुरुष र ७ महिला गरि कुल ७१ जनाले रक्तदान गरेका कार्यक्रम व्यवस्थापक खड्गराज मैनालीले जानकारी दिए।
बिहान ८ बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा नेपाली काँग्रेस निजगढ सभापति नवराज तिमल्सिना ,माओवादी केन्द्र निजगढ अध्यक्ष सन्तोष दंगाल,वडा नं ११ का वडाध्यक्ष सहईया गुरो,१२ का ज्ञानबहादुर गोले,१३ का सूर्य घलान,युथ अफ निजगढकी अध्यक्ष उषा लामा मोक्तान तथा पत्रकार महेश्वर अधिकारी लगायतले रक्तदान गरेका मैनालीले बताए।
ब्लड बैंकमा रगत अभावका कारण मानवीय क्षती नहोस भनेर कार्यक्रम सञ्चालन गरिएको नेविसंघ निजगढ सभापति नवराज चौंलागाईले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय