पुस ४, निजगढ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा एकआपसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बुधबार दिउँसो रौतहटबाट निजगढ तर्फ आँउदै गरेको बा ९७ प ९४४ र विपरीत दिशाबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश १–०५ ००१प ५४९७ नम्बरको मोटरसाइकल भमरा पुल नजिक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रौतहटको बागमती ३ का ३१ वर्षीय बुद्धिबहादुर बल र उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदिप लामा छन् ।
बलको मोटरसाइकलमा सवार २९ वर्षीय बाबुराम सुनुवार घाइते भएका छन् । उनको निजगढ सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय निजगढमा मोटरसाईकल दुर्घटनाको क्रम बढिरहेको छ ।गत मंसिर २९ गते पनि सोही स्थान नजिकै दुई मोटरसाईकल एकआपसमा ठोक्किँदा निजगढ १० लालका २० वर्षिय एक युवाको मृत्यु भएको थियो भने सिंगौलका सुनिल लामा गम्भिर घाईते भएका थिए। लामाको बीरगंजस्थित बयोधा मेडिसीटि अस्पतालमा अझै उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय