पुस ४,हेटौंडा ।चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले दोस्रो सार्वजनिक सुनुवाई गर्ने भएका छन्।
लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा एक “स्टाटस” लेख्दै आगामी पुस १२ गते दोस्रो सार्वजनिक सुनुवाई गर्ने जनाएका हुन्।
उनले निर्वाचन अघि जनतासामु हरेक ४/४ महिनामा सार्वजनिक सुनुवाई गरि हर हिसाब बुझाउँछु भनी गरेको बाचा अनुरुप दोस्रो सार्वजनिक सुनुवाई गर्न लागेको जनाएका छन्।
उनले गत भदौ १० गते पहिलो सार्वजनिक सुनुवाइ गरेका थिए।पहिलो सुनुवाइ कार्यक्रममा जस्तै दोस्रो कार्यक्रममा पनि आफ्ना समस्या,गुनासो र सुझावहरु लिएर आउन उनले चितवनबासिलाई आग्रह गरेका छन्।
जनप्रतिनिधि जनताप्रति प्रत्यक्ष जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ उनले हरेक ४/४ महिनामा सार्वजनिक सुनवाइ गर्ने बाचापत्र तयार पारेको बताएका छन्। उनले कार्यक्रममा जनताले प्रश्न गर्ने र उनी लगायत उपस्थित प्रतिनिधिहरूले जवाफ दिने कार्यतालिका रहेको उल्लेख गरेका छन्।
उनले कार्यक्रममा पार्टिको झण्डा ,ब्यानर वा लोगो केही प्रयोग नगरिदिन पनि चितवनबासिलाई अनुरोध गरेका छन्। `जनसरोकारको विषयमा गरिएको र राज्य/समाजका सबै सरोकारवाला सहभागी हुने भएकोले याे कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पाेसाक नलगाइदिनु हुन अनुरोध छ ।´उनले लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय