पुस ६, जनकपुरधाम । धनुषास्थित एक प्रहरी कार्यालयको अवस्था तनावग्रस्त बनेको छ । जिल्लाको हंसपुर नगरपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा गए राति स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको बिषयलाई लिएर त्यँहाको स्थिती आज बिहानै देखी तनावग्रस्त बनेको हो । प्रहरीले कुटपिट गर्दा मण्डलको हिरासतमै मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशित समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको बताए । त्यस क्रममा गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन्। उनको एउटा हातमा गोली लागेको बताईएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय