पुस ६,निजगढ ।सडक हेरालु पूर्णप्रसाद तिमल्सिनाको निधनको शोकमा निजगढ नगरपालिकाले एक दिन शोक बिदा दिने निर्णय गरेको छ।नगरपालिकाले शुक्रबार एक बिज्ञप्ति जारी गरि तिमल्सिनाको निधनको शोकमा पुस ८ गते आईतवार नगर कार्यपालिका तथा मातहतका सबै वडाहरुमा शोक बिदा दिने निर्णय गरेको हो।
साथै नगरपालिकाले तिमल्सिनाको निधनप्रती श्रद्धाञ्जली व्यक्त गरेको छ।
नगरप्रमुख सुरथ पुरीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा स्व.तिमल्सिना कर्मठ तथा ईमान्दार कर्मचारी भएको उल्लेख छ।उनि कर्मचारीको रुपमा कार्यरत रहँदा निजगढ नगरपालिकाको समग्र विकासमा पुर्याएका योगदानको सदैव स्मरणीय रहने बिज्ञप्तिमा जनाईएको छ।

२०७३ सालदेखी नगरपालिकामा सडक हेरालुका रुपमा कार्यरत ६५ वर्षिय तिमल्सिना शुक्रवार रौतहटको जंगलमा रुखबाट खसेर मृत अवस्थामा फेला परेका थिए।



