पुस २८,हेटौंडा । हेटौंडा–काठमार्डौं छोटो दुरीको थानकोट चित्लाङ सडकखण्ड अन्र्तगत चन्द्रागिरि नगरपालिका ४ स्थित सेते पहरामा निजी कार दुर्घटना हुँदा एकै परीवारका ५जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार ४ जनाको घटनास्थलमा र १ जनाको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।
बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी शनिबार दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौं ३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, गाडी चालक ज्वाइँ काठमाडौं–२ का डा.महेशकुमार गौतम, महेशका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्सको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गाडीमा सवार ६ जनामध्ये महेशकुमारकी पत्नि डा.सृष्टि तिवारी गौतम गाडीबाट हामफालेर बाँच्न सफल भएकी हुन् । घाइते छोरी स्मारिकाको उपचारको क्रममा मृत्यु भएको हो ।
कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । उनीहरु चित्लाङ घुम्न आँउदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।



