माघ११,हेटौंडा ।हेटौंडामा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत वागमती प्रदेशको मतगणना शुरु भएको छ। मतदान सम्पन्न पश्चात सर्वदलीय बैठक बसेर मतगणना शुरु गरिएको छ।
प्रदेश सांसद र स्थानीय तह प्रतिनिधिको छुट्टाछुट्टै मतगणना शुरु भएको छ।
बागमती प्रदेशमा ४ सिटका लागि विभिन्न राजनीतिक दलबाट १५ जनाले उम्मेद्वारी दिएका छन्।प्रदेशसभा तर्फ ११० र स्थानिय तह तर्फ १३८ गरि कुल ३४७ मतदाता रहेकामा ३४२ मत खसेको मूख्य निर्वाचन अधिकृत श्रीप्रसाद संजेलले जानकारी दिए।
प्रदेशसभा तर्फ हाम्रो नेपाल पार्टिका दुईजना सांसद मतदानमा सहभागी भएनन्। त्यस्तै स्थानिय तह तर्फ पनि काठमाडौ महानगर प्रमुख बालेन्द्र शाहले पनि मतदानमा सहभागिता जनाएनन्।त्यस्तै एकजना गाउँपालिका प्रमुख अस्वस्थताका कारण उपस्थित भएनन् भने एकजना फौजदारी मुद्दामा फरार रहेका छन।
आगामी फाल्गुन २० गते देखि रिक्त हुने राष्ट्रियसभाका १९ सिटका लागि आज बिहिवार सातै प्रदेशमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएर मतगणना जारी छ।



