माघ १२,हेटौंडा।राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका पूर्व संयोजक राजकुमार न्यौपाने नेपाली कांग्रेस प्रवेश गरेका छन् । शुक्रबार नेपाली कांग्रेसको ७८ औं स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह, पार्टी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँलगायतले न्यौपानेलाई खादा र माला लगाएर पार्टीमा स्वागत गर्दै सदस्यतासमेत प्रदान गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रहेका न्यौपानेले नेपाली कांग्रेसले मात्रै सबै दललाई मिलाएर लैजानसक्ने भएकाले आफू कांग्रेसमा प्रवेश गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय