माघ २२,हेटौंडा।प्रेस चौतारी नेपाल मकवानपुरले हेटौंडामा प्रभातफेरी कार्यक्रम गरेको छ।प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसर पारेर चौतारी मकवानपुर शाखाले सोमबार बिहान प्रभातफेरी कार्यक्रम गरेको हो।
हेटौंडाको सिमाचोकबाट शुरु भएको प्रभातफेरी बुद्धचोक परिक्रमा गरि पुन:सिमाचोकमा पुगि कोणसभामा परिणत भएको थियो।
सो अवसरमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं मकवानपुर ईन्चार्ज हरि हुमागाईं,पत्रकार महासंघ वागमती प्रदेशका महासचिव कृष्ण सारु मगर,प्रेस चौतारी नेपाल वागमती प्रदेशका महासचिव प्रकाश दाहाल,पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी,प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी,प्रेस युनियन मकवानपुरका अध्यक्ष सुरेश विडारी लगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा प्रेस चौतारी लगायत विभिन्न संचारगृहमा आवद्ध पत्रकारहरुको उपस्थिति थियो।








