माघ २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए ।
सभापति लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमा सर्वदलीय बैठक गर्न प्रस्ताव गर्दै ती बैठक नेताहरुको निवास बुढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई दलित र मुसहर बस्तीमा गर्नुपर्ने बताए ।
उनले आर्थिक शिथिलता, आम नैराष्य र युवा पलायनका लागि युवा केन्द्रित प्रोजेक्ट होपको विषय, सुशासन र भ्रष्टाचार नियन्त्रण,रुग्ण भौतिक पूर्वाधार आयोजनाको व्यवस्थापन, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको संकट समाधान तथा परराष्ट्र मामिला लगायतका विषयमा सबै राजनीतिक दलको साझा धारणा बनाएर संसदबाट पास गर्न प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय