माघ २९,हेटौंडा ।पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा बाघले १९ वटा खसी–बाख्रा मारेको छ । आइतबार घर नजिकै पाखामा चराउन छोडेको स्थानीय तीनजना कृषकका १९ वटा खसीबाख्रा बाघले मारेको बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले बताए।
वडाध्यक्ष भोम्जनका अनुसार स्थानीय डम्बरबहादुर भोम्जनको ११ वटा, कान्छिमाया भोम्जनको ५वटा र गंगाराज भोम्जनको ३ वटा खसी बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो ।
बाघले अहिलेसम्म मानिसहरुलाई आक्रमण नगरेपनी साँझ परेपछि गाँउघर ओहोरदोहोर गर्न त्रास भएको भोम्जनले बताए।



