फागुन १,पाल्पा। पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। पाल्पाको डुम्रेबाट तिनाउँ गाउँपालिका–६ चिदिस शिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप उकालोबाट व्याक भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । मंगलबार साँझ ५ बजे भएको जिप दुर्घटनामा परी घटनास्थमै ८ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
मृत्यु हुनेमा तिनाउ ६ चिदिसका रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी, उर्मिला अस्लामी, दिलकुमारी अस्लामी रहेको र अन्य चार जना पहिचानको क्रममा रहेको प्रहरीले बतायो।
मृतकमध्ये ५ जना महिला र ३ जना पुरुष छन्।
घाइते १८ जनामध्ये १० जना महिला, ४ जना बालक, ३ जना बालिका र १ जना चालक छन्। घाइते सबैको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय