फागुन ६,हेटौंडा ।वागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार पाँचौ हेटौंडा राष्ट्रिय जर्नालिजम अवार्ड सम्पन्न भयो। न्यु मिडिया एकेडेमी प्राली र पिआईएम नेपालको सयुंक्त आयोजनामा सम्पन्न अवार्ड कार्यक्रममा पत्रकारिता क्षेत्रका विभिन्न १० विधामा १० जना उत्कृष्ट पत्रकारहरु नगदसहित सम्मानित भए।
कान्तिपुरकर्मी होम कार्की यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भए।उनले नगद १५ हजार रुपैयाँ सहित सम्मानपत्र प्राप्त गरे।
त्यस्तै उत्कृष्ट वर्ष पत्रकारिता अवार्ड २०८०(पुरुष तर्फ) रातोपाटीकर्मी गणेश दुलालले बाजि मारे भने महिला तर्फ राजधानी दैनिककी सरिता दाहाल उत्कृष्ट घोषित भईन्।उनिहरुले नगद १० हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गरे।
त्यस्तै उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड २०८० अनलाईन खबरकर्मी रेवती तिमल्सिनाले प्राप्त गरे।
उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड २०८० गोल नेपाल डटकमका विक्रम बानियाँले जिते भने ग्रामीण पत्रकारिता वर्ष अवार्ड न्युज २४ की सुनिता विष्टले हात पारिन।उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्ड २०८० रातो समाचार डटकमका राजेश थापा गरिबको पोल्टामा पर्यो।उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड २०८० अनिरुद्र खबरका लागि अनिल पराजुलीले हात पारे भने उत्कृष्ट टेलिभिजन पत्रकारिता वर्ष अवार्ड २०८० टिम टिभिका मनिल महत्तो र उत्कृष्ट उदयिमान पत्रकार वर्ष अवार्ड २०८० समृद्ध समाज दैनिकका रविन्द्र वाईवाले जिते।उनिहरुले जनही नगद ५ हजार र सम्मानपत्र प्राप्त गरे।
उनिहरुलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई ,हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँ लगायतका अतिथिहरुले सम्मान गरेका थिए।

उत्कृष्ट पत्रकारिता वर्ष अवार्ड महिलातर्फ विजेता सरिता अधिकारीलाई सम्मान गर्दै हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामा लगायत।

निर्णायकहरु देवराज पन्त,रुपेश दुलाल र कुमार अधिकारीले सम्मानित हुने पत्रकारहरुको अन्तिम नाम छनौट गरेका थिए।
कार्यक्रममा अग्रज संचारकर्मी र संचार उद्यमीहरुलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय