फागुन ६,हेटौंडा ।वागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार सम्पन्न पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिजम् अवार्ड–२०८० मा संचार उद्यमीहरुलाई पनि सम्मान गरियो।
न्यु मिडिया एकेडेमी प्राली र पावर ईन्टरनेश्नल मिडियाको सयुंक्त आयोजनामा सम्पन्न कार्यक्रममा तीन जना संचार उद्यमीलाई सम्मान गरिएको थियो।
संचार उद्यमी सम्मान–२०८०बाट नेश्नल गोल्ड टेलिभिजन तथा हेटौंडा एफएमका संचालक उज्ज्वल चौलागाईं, हेटौंडा सन्देश दौनिकका संचालक माधव न्यौपाने तथा पालुङ एफएमका संचालक ध्रुवराज ढकाल सम्मानित भएका हुन्।
उनिहरुलाई हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामा,उपप्रमुख राजेश बानियाँ लगायतका अतिथिहरुले दोसल्ला ओढाएर सम्मान गरेका थिए।उनिहरुको सम्मान स्वरुप सुट ल्याण्ड हेटौंडाले एकजोर सुट पनि प्रदान गरेको थियो।

उज्ज्वल चौलागाईं
उज्ज्वल चौलागाईं मकवानपुरका चर्चित पत्रकार एवं संचार उद्यमी हुन्।हेटौंडामा एफएम रेडियोलाई व्यवसायीकरण गर्ने श्रेय उनैलाई जान्छ। मोफसलकै पहिलो रेडियो मनकामना एफएमबाट संचार क्षेत्रमा पाईला चालेका चौलागाईंले २०६० सालमा आफ्नै अपनत्वमा हेटौंडा एफएम संचालन गरेपछी पछाडी फर्केर हेर्नू परेको छैन भन्दा अत्युक्ति नहोला। त्यसताका हेटौंडा एफएम जनस्तरमा सर्वाधिक लोकप्रिय बनेको थियो। हेटौंडा एफएमबाटै आफ्नो पत्रकारिताको करिअर शुरु गर्नेहरु थुप्रैले अहिले राष्ट्रिय स्तरमै नाम चलाईसकेका छन्।
स्वेता सिन्हा,प्रभात लामा,प्रकाश दाहाल,रिपेश दाहाल,राममणी दाहाल,हरि हुमागाई,खेमप्रसाद बोलखे,एमपी शर्मा आदि यसका उदाहरण हुन्।
हेटौंडा एफएमको प्रसिद्धि पछि चौलागाईं टेलिभिजन खोल्न हौसिए।उनले २०७६ सालमा नेश्नल गोल्ड टेलिभिजन पनि खोले। हाल आफ्नो रेडियो र टेलिभिजनमा गरि ३० जनाले प्रत्यक्ष रोजगारी पाईरहेको उनले बताए।
निजि रेडियोहरुको छाता संगठन बानको केन्द्रिय उपाध्यक्ष समेत रहेका चौलागाईं बहुआयामिक व्यक्तित्व हुन्। उनी मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं हेटौंडा ६ चौघडास्थित वंशगोपाल उच्च माविका व्यवस्थापन समिति अध्यक्ष समेत हुन्।

माधव न्यौपाने
माधव न्यौपाने हेटौंडाबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिका हेटौंडा सन्देशका मालिक हुन्। न्यौपानले २०५८ सालदेखि हालसम्म हेटौंडा सन्देशमा चलाईरहेका छन्। २२ वर्ष सम्म अनवरतरुपमा संचार उद्यममा सक्रिय न्यौपानेको अरु पेशा छैन। उनी संचारक्षेत्रकै उत्थानमा लागी परेको बताउँछ्न्। शुरूवाती दिनहरुमा ३० भन्दा बढी कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाएको आफ्नो संचारगृहमा हाल भने १५ जना मात्र कार्यरत छन्। शुरुका केहि वर्ष ८ हजारभन्दा बढी प्रती पत्रिका छपिन्थ्यो। अहिले भने घटेर आधी नै भएको उनी बताउँछन्।यसो हुनुमा बढ्दो अनलाईन पोर्टलको दबदबा र हकर अभाव भएको उनले बताए।
‘अहिले हातहातमा मोबाईल भयो,अनलाईनले तुरुन्तै समाचारहरु हाल्ने भए,अनि पत्रीका पढ्ने जमात घटिहाल्छ नि, उनले अगाडि भने ‘पत्रिका ग्राहकसम्म पुर्याउने हकरको पनि समस्या भयो, अहिले हकरको रुपमा काम गर्ने नै पाईदैन ।’
जीवन पर्यन्त संचार क्षेत्र र संचारकर्मीको उत्थानका निमित्त लागिरहने उनको प्रण छ।

ध्रुवराज ढकाल
मकावानपुरको थाहा नगरपालिकाका–२ दामनका स्थायी बासिन्दा ध्रुवराज ढकाल डेढ दशकदेखि संचार क्षेत्रमा क्रियाशिल संचार उद्यमी हुन्। उनी २०७१ सालमै पालुङ एफएममा संचालकका रुपमा सक्रिय थिए । बिचमा उनी हेटौंडामा संचालित सामुदायिक रेडियो शक्ति एफएममा आवद्ध भएपछि केही समयका लागी पालुङ एफएमसँगको साईनो तोडियो।पछि २०६६ सालमा शक्ति एफएमबाट अलग भएपछि उनी पुनः पालुङ एफएममै संचालकका रुपमा सक्रिय छन्

।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय