फागुन ९,हेटौंडा ।मकवानपुरको मकवानपुरगढीमा अटो दूर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार बिहान सवा ६ बजे गाउँपालिकाको वडा नम्बर ४ ज्वालादेवी स्थित भित्री सडक खण्डमा धादिङबजार तर्फ बाट ज्वालादेबि तर्फ आउँदै गरेको ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भई पल्टँदा अटो चालक ज्वालादेबि बस्ने वर्ष ३५ का सुमन भनिने देबिबहादुर घिमिरेको मृत्यु भएको हो।अटो पल्टँदा गम्भीर घाईते भएका घिमिरेको हेटौंडा अस्पतालमा उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।घिमिरेको निधार र टाउकोमा चोट लागेको प्रवक्ता भण्डारीले बताए। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय