फागुन १०,काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले तीनजना मन्त्रीहरुको राजिनामा माग गरेका छन ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद पन्तले हाल गठबन्धनको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किराँतीको रजिनामाको माग गरेका हुन्।
लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ती गरेर अवैधानिक काम गर्न दिएको भन्दै सो कार्यमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको पन्तले बताएका छन ।
यस्तै बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाई सरकारबाट हटाउन उनले माग गरेका छन् ।



