फागुन ११,हेटौंडा ।मकवानपुरको मनहरी गाउँपालिकाका विभिन्न पाँच राजनीतिक दलले गाउँपालिकाले विकासका विभिन्न योजनाहरुमा अनियमितता,ढिलासुस्ती तथा भ्रष्टाचार गरेको भन्दै दबाबयात्रा कार्यक्रम गरेको छ।
नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी,नेकपा माओवादी केन्द्र,राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेकपा एकीकृत समाजवादीले गाउँपालिकाका विभिन्न विकासे योजनाहरुमा अनियमितता भएको भन्दै शुक्रबार विहान संयुक्त दबाबयात्रा कार्यक्रम गरेको हो।
मनहरीको वडा नम्बर १ बाट शुरु भएको दबाबयात्रा वडा नम्बर २,३,४ हुँदै गाउँपालिका कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा पाँचै दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो।
उनिहरुले मनहरी गाउँपालिका भित्रका नदिजन्य पदार्थहरुको राजश्व मिनाहा गरिएको,ईन्द्र बानियाँ र शिव चौलागाईंको ठेक्कामा परेको पुल निर्माणकार्यको समयावधि सकिसक्दा पनि निर्माण पूरा नभएको ,पालिकाले स्थानियलाई वितरण गरेको पाडापाडीमा भ्रष्टाचार भएको ,मनहरी अस्पताल निर्माणमा ढिलासुस्ती तथा कमसल सामग्री प्रयोग भएको,पालिकाका अध्यक्ष रञ्जन कालाखेतीले चढ्ने निजि सवारीमा राज्यको ढुकुटी खर्च गरेको लगायतका विषयमा खबरदारी गरेका छन्।इन्द्र बानियाँ वागमती प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका प्रभावशाली नेता हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय