फागुन ११,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकोे वडा नम्बर–१० स्थित बसपार्कमा रहेको पाँच वटा पसल खाली गराईएको छ । उपमहानगरपालिकाको स्वामित्वमा संचालित सटरहरु प्रयोग गरी व्यवसाय गर्नेहरुले भाडा नतिरेको भन्दै सटर खाली गराईएको हो ।
महिनौ देखि भाडा रकम नतिर्ने पाँच वटा पसलका सामान हटाएर सटर खाली गराईएको उपमहानगरपालिका राजश्वसाखाका प्रमुख श्याम श्रेष्ठले जानकारी दिए । बसपार्क क्षेत्रमा बिभीन्न सटर भाडामा लगाएर उपमहानगरपालिकाले रकम संकलन गर्दै आएको छ ।
वडा नं १० का वडाअध्यक्ष फुर्बा दोर्जे लामाको उपस्थितीमा नगरप्रहरीले पसलका सामाग्रिहरु बाहिर निकालीदिएर खाली गराएको हो ।



