फागुन ११,हेटौंडा ।मकवानपुरको हेटौंडामा पर्खालले च्यापिएर एकजनाको ज्यान गएको छ ।हेटौंडा उपमहानगरपालिका–५सिंचाई टोल बस्ने ४० वर्षीय वसन्त महर्जनको खानेपानीको काम गर्ने क्रममा ईंटाको पर्खाल भत्किँदा च्यापिएर ज्यान गएको हो।
शुक्रबार अपरान्ह सवा ४ बजे तिर स्थानिय रामचन्द्र देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा पर्खाल ढलेर च्यापिँदा महर्जन सख्त घाईते बनेका थिए। घाईते महर्जनको तत्काल उद्दार गरि उपचारार्थ हेटौंडा अस्पताल लगिएकोमा ४ बजेर ३९ मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
घटनासम्बन्धमा थप अनुसन्धान भैरहेको प्रवक्ता भण्डारीले बताए।



