फागुन १३,हेटौंडा । जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्र्पोट्स भोकेश्नल् स्कुलले हेटौंडा उपमहानगरपालिकाका १९ जना विपन्न छात्राहरुलाई जापानमा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
जापानको उक्त विद्यालयले उपमहानगरको प्रत्येक वडाबाट एक÷एक जनाका दरले १९ जना विपन्न छात्राहरुलाई शतप्रतिशत छात्रवृत्तिमा जापानमा अध्ययनको व्यवस्था मिलाउने भएको हो ।
आईतबार उक्त विषयमा जापानस्थित उक्त विद्यालयका प्रमुख र उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँबीच छलफल भएको छ ।
छलफलमा स्कुलका समन्वयकारी भूमिकामा रहेका सागर सापकोटाले कक्षा १२ पास गरेका र आर्थिक रुपले विपन्न १९ जना छात्रालाई शतप्रतिशत छात्रवृत्ति दिएर केयर गिभरको कोर्ष अध्ययनको प्रबन्ध मिलाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय