फागुन १४,निजगढ ।बाराको निजगढमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एकजनाको ज्यान गएको छ। विष्फोटमा परि मृत्यु हुनेमा निजगढ-५ का ४५ वर्षीय रेशम मगर रहेका छन्।
सोमबार मध्यान्ह १२ बजे निजगढ-७ मा रेशम आफैंले संचालन गरेको रोहित वर्कशपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सिलिण्डर पड्किँदा रेशम गम्भीर घाईते बनेका थिए।
उनको वीरगंजस्थित वयोधा मेडिसिटि अस्पतालमा उपचारको क्रममा साँढे १ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता,प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
विष्फोटमा परि अन्य ५ जना घाईते बनेका छन्।घाईते निजगढ-५ का ४५ वर्षीय सूर्यबहादुर थापाको सामुदायिक प्रसुती गृह निजगढमा र अन्य ४ जनाको वयोधा अस्पतालमै उपचार भैरहेको प्रवक्ता न्यौपानेले बताए।
घाईते हुनेहरुमा वीरगंज महानगरपालिका-९का ३४ वर्षिय फिरोद देवान,सोही ठाँउका २० वर्षिय रितु रजत र भारत घर भएका ३५ वर्षिय राकेश जयसवाल र २० वर्षीय अरबिन साह छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय