फागुन १४, निजगढ । बाराको निजगढ–७ स्थित रोहित वर्कशपमा सोमबार मध््यान्ह भएको विष्फोटको घटनाको सत्यतथ्य छानबिन गर्न निजगढका ६ राजनीतिक दलहरुले माग गरेका छन्।
दलहरुको विज्ञप्तीमा घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन भनिएको छ ।
निजगढ नगर नेपाली काँग्रेसका सभापति नवराज तिमल्सिना, नेकपा एमालेका उपाध्यक्ष भोला गौतम, नेकपा माओवादी केन्द्रका अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रामहरी खरेल, राप्रपाका अध्यक्ष खड्गप्रसाद उप्रेती र नेकपा एकिकृत समाजवादीका अध्यक्ष भिमप्रसाद सापकोटाको हस्ताक्षर रहेको संयुक्त विज्ञप्तीमा रोहित वर्कशपमा शंकास्पद वस्तु बिस्फोट भएको देखिएकोले सम्बन्धित निकायबाट सत्यतथ्य छानबिन गरी घाईतेहरुको स्वास्थ्य उपचार र मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँँग जोडदार माग गर्दछौं भनिएको छ।
विज्ञप्तीमा घटनामा परी मृत्यु भएका वर्कशप सञ्चालक रेशमबहादुर जर्गामगर प्रति श्रद्धाञ्जली तथा घाईतेहरुकोे शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।



