फागुन १५,निजगढ । बाराको निजगढ नगरपालिका–७ स्थित एक ग्यारेजमा सोमबार भएको शंकास्पद वस्तु विस्फोटमा परी घाईते बनेका थप २ जनाको ज्यान गएको छ।
विष्फोटमा परि गम्भीर घाईते बनेका भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको सोमबार ९ बजेर ४० मिनेटमा र  पर्सा वीरगंज घर भएका २० वर्षीय रितु रजतको मंगलबार बिहान ७:३० बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बाराले जनाएको छ ।
यसअघि कारखाना संचालक रेशम मगरको सोमबार दिउँसो नै मृत्यु भैसकेको छ।
विस्फोटमा घाइते भएका ६ जनामध्ये तिनजनाको उपचारको क्रममा मृत्यु भएको हो । घाईते तीन जनाको बीरगंजस्थित वयोधा मेडिसिटी अस्पताल र निजगढस्थित सामुदायिक प्रसुती गृहमा उपचार भैरहेको छ।जसमध्ये भारत रामगढवा घर भएका २० वर्षीय अरबिन साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।उनको वयोधा अस्पतालमा सघन कक्षमा उपचार भैरहेको छ।
त्यस्तै वीरगंज-९घर भएका ३४ वर्षिय फिरोद देवानको वयोधा अस्पतालमा सामान्य वार्डमा उपचार भैरहेको छ भने अर्का घाईते निजगढ-५ का सूर्यबहादुर थापाको सामुदायिक प्रसुती गृह निजगढमा उपचार भैरहेको छ।उनको अवस्था मध्यम रहेको बारा प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विष्फोट भएको शंकास्पद वस्तु किन्ने भारत मोतिहारिका ३४ वर्षिय राज भनिने रमेश जैसवाल र उक्त वस्तु बेच्ने निजगढ-९का २९ वर्षीय टिकाराम पाख्रीन छन्।
निजगढ –९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए ।

घटनास्थलमा सुरक्षाकर्मीहरु।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय