फागुन १६,हेटौंडा ।मकवानपुरको बकैया गाउँपालिका–७का एक वडा सदस्यको बिजुलिको पोलले लागी मृत्यु भएको छ। वडा सदस्य रामकुमार तितुङको घर अगाडि रहेको विद्युत प्रवाह नभएको बिजुलीको पोल ढलेर लागि मृत्युु भएको हो।
तितुङलाई मंगलबार साँढे १ बजेको समयमा आफ्नै घर अगाडी हिँडिरहेको अवस्थामा अचानक बिजुलीको पोल ढलेर लागेको थियो।
पोलले लागि सख्त घाईते बनेका तितुङ्लाई उपचारार्थ चुरे हिल अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछी उनको थप उपचारका लागी मंगलबार नै चितवन स्थित मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
शव अहिले अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान कार्य भैरहेको पनि प्रवक्ता भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय