फागुन १७,हेटौंडा । मकवानपुर प्रहरीले ४५ किलो ६० ग्राम लागुऔषध चरेशसहित २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भिमफेदी गाँउपालिका वडा नं.१ बस्ने वर्ष ३० का नवराज तामाङ र थाहा नगरपालिका वडा नं.८ बस्ने वर्ष ३० का बिमल स्याङतान छन्।
मंगलबार ईलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैँसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले भिमफेदी गाँउपालिका वडा नं. २ स्थित भैँसे चेकपोष्ट सडकमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा उनिहरुमाथी शंका लागि खानतलासी गर्दा निजहरुले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ४५ किलो ६० ग्राम लागूऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनिहरु भिमफेदीबाट हेटौडातर्फ आउदैं गरेको ना. ४ ख ६०९१ नं. को यात्रुवाहक बसमा सवार थिए ।
नवराज र बिमललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ८ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता भण्डारीले बताए ।



