फागुन १७,हेटौंडा। मकवानपुर प्रहरीले करीब ६० किलो लागूऔषध गाँजा बोकेका एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनिहरुलाई फरक–फरक मितिमा छुट्छाछुट्टै स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ३५ वर्षिया महिला शिरपती चौधरी, ५२ वर्षिय पुरुष चन्द्रबहादुर घलान, वर्ष ३२ का दिनेश चेपाङ,वर्ष २२ का प्रशान्त प्रजा, वर्ष ४१ का रेशम प्रजा र वर्ष ४१ का दिपलाल प्रजा छन्।
म्ांगलबार ईलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैँसे मकवानपुरबाट संयुक्त चेकिङमा खटिएको प्रहरी टोलीले ५ किलो १०० ग्राम लागूऔषध गाँजा सहित कैलाश गाँउपालिका वडा नं.१ बस्ने वर्ष ५२ का चन्द्रबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।
घलान भिमफेदीबाट हेटौडातर्फ आउदै गरेको ना. ४ ख ६०९१ नं. को यात्रुवाहक बसमा सवार थिए ।उनलाई शंका लागि खनतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा ५ किलो १०० ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ८ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता भण्डारीले बताए ।
त्यस्तै प्रहरीले १२ किलो लागुऔषध गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको खैरेनी नगरपालिका वडा नं.६ घर भई हाल मकवानपुरको मनहरी गाँउपालिका वडा नं.६ बस्दै आएकी शिरपति चौधरी छिन्।
चौधरीलाई बुधबार बिहान ८ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले रातोमाटे चेकपोष्टबाट गाँजासहित नियन्त्रणमा लिएको हो ।
उनि हेटौडाबाट बिरगंजतर्फ जादैं गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुवाहक बसमा सवार थिईन्। चौधरीलाई पनि मकवानपुर जिल्ला अदालत हेटौडाबाट ८ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
त्यस्तै प्रहरीले बुधबार नै रातोमाटे चेकपोष्टबाट ४२ किलो ५०० ग्राम लागूऔषध गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नं. ११ बस्ने वर्ष ३२ का दिनेश चेपाङ,सोही ठाँउका वर्ष २२ का प्रशान्त प्रजा, वर्ष ४१ का रेशम प्रजा र वर्ष ४१ का दिपलाल प्रजा छन्।
उनिहरु बुधबार बिहान ८ः४५ बजेको समयमा बा. ३ ख ८३८२ नं. को यात्रुवाहक बसमा हेटौडाबाट बिरगंजतर्फ जादैं थिए ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुमाथीे शंका लागी खानतलासी गर्दा निजहरुले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा ४२ किलो ५०० ग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
उनिहरुलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट १२ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय