फागुन १७, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
आफूलाई अभियन्ता बताउँदै आएकी शर्मिला कलाकार पवन खतिवडालाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी थिईन्। शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि बुधबार प्रहरीले उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौंले ल्याएको थियो ।
जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।
घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए । पक्राउ परेपछि आफूले कुटपिट नगरेको वाइबाले दाबी गरेकी छन् ।
यद्यपि, उनीविरुद्ध अन्य केही व्यक्तिले पनि मौखिक रुपमा थप उजुरी दिएको एक अधिकृतले बताए । जाहेरी परे उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा पनि अनुसन्धान हुनसक्ने प्रहरीले जनाएको छ ।



