फागुन १९, हेटौंडा। मकवानपुरमा सवारी दूर्घटनामा परि एकजना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी गाउँपालिका- ९ ज्यामिरेका ५० वर्षिय सीताराम अधिकारी छन्।
अधिकारीलाई शनिवार बिहान पौने सात बजेको समयमा पूर्व-पश्चिम सडक खण्डको ज्यामिरेमा सडक किनारामा हिँडिरहेको अवस्थामा हेटौंडाबाट वुटवलतर्फ जाँदै गरेको पिकअप भ्यानले ठक्कर दिई गम्भीर घाईते बनाएको थियो।
दाहिने हात र शरिरको भित्रीभागमा चोट लागेका अधिकारीलाई स्थानिय मेडिकलमा प्राथमिक उपचारपछी थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाईएकोमा उनको त्यहीँ उपचारको क्रममा ७ बजेर ५६ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।
अधिकारीलाई ठक्कर दिने लु २ च ७३२७ न.को पिकअप भ्यान र नवलपरासी वर्दघाट नगरपालिका-१२ चौपट्टा बस्ने गाडी चालक २० वर्षिय मनोज भुसाल ईलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको प्रवक्ता भण्डारीले बताए।घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ।



