फागुन २२, निजगढ । बाराको निजगढ नगरपालिका– ७ स्थित एक ग्यारेजमा एक साताअगाडि भएको विष्फोट घटनामा दोषी देखिएको आशंकामा प्रहरीले धनुषाबाट दुईजना पक्राउ गरेको छ।
प्रहरीले धनुषा गणेशमान चारनाथ नगरपालिका– २ स्थित न्यू शिव स्क्र्यापका सञ्चालक सर्लाही चक्रघट्टा गाउँपालिका– १ निवासी ४१ वर्षीय शिवशंकर साह र कबाडी संकलक सर्लाही ईश्वरपुर नगरपालिका– ७ निवासी ४६ वर्षीय बिल्टु महतोलाई पक्राउ गरेको हो।
योसँगै घटनामा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ। प्रहरीले यसअघि निजगढ– ९ मा कबाडी सञ्चालन गरी बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेश जयसवाल, कबाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रकचालक निजगढ नगरपालिका– ९ का ४२ वर्षीय बासु तामाङ र सोही ठाउँका सहचालक २५ वर्षीय टीकाराम पाख्रिन पक्राउ परेका थिए।
उनीहरूलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ। ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु भएको थियो भने तीनजना घाइते भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय